सुनसरीमा बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइदै

साउन २३ गते । सुनसरीमा हिजो सोमबार देखि दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइएको छ ।

विशेष अभियान अन्तरगत सुनसरीमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो ।

महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने नेपाल सरकारको निर्णय बमोजिम सुनसरीमा विशेष खोप अभियान संचालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

बर्जु गाउँपालिकामा फागुन महिनामा महामारीका रुपमा दादुरा फैलिएलगत्तै आकस्मिक खोप अभियान चलाइएकाले विशेष अभियानमा बर्जु बाहेकका अन्य अन्य ११ वटा स्थानीय तहमा खोप कार्यक्रम चलाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।