दुहबी ३ मा दादुरा–रुबेला प्रकोप नियन्त्रण र ब्यावस्थापन सम्बन्धी अभिमुखिकरण

शिष कुमार यादव
साउन १८ गते । सुनसरीको दुहबी नगरपालीका वडा नम्बर ३ मा दादुरा–रुबेला रोगको प्रकोप नियन्त्रण ,रोकथाम र ब्यावस्थापन बारे आउट ब्रेक रेस्पोन्स अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


दुहबी नगरपालीका वडा नम्बर ३ का वडा सदस्य मैना राईको अध्यक्षतामा भएको दादुरा रुवेला प्रकोप नियनत्रन,रोकथाम र व्यवस्थापनका लागि अभिमुखिकरण तथा सुक्ष्मयोजना कार्यक्रममा उहाँले ६ महिनादेखी १५ वर्ष मुनीका सबै बालबालिकाहरुलाई खोप लगाउने तयारी भएको जनाएको छ ।


जिल्ला स्वास्थ्य कार्यलय सुनसरी ,नेपाल रेडक्रस सोसाइटि दुहबी शाखा,युनिसेफ र बिश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा देश ब्यापि रुपमा संचालनमा हुने पालिका ÷ वडा स्तरिय रोग नियन्त्रण तथा रोकथाम कार्यक्रम अनुसार दुहबी ३ ले सो अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको थियो ।


दुहबी नगरपालीका वडा नम्बर ३ का वडा सदस्य मैना राईको अध्यक्क्ष्तामा स्वास्थ्य कर्मि, स्थानिय ,संघ सस्था,समाजसेवी ,लगायत स्थानियको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
तयारी स्वरुप वडामा अभिमुखिकरण, विद्यालयहरुमा खोप केन्द्र संचालन ,खोप सहितको औषधी र जनशक्ती परिचालन गर्ने कार्य अगाडि बढाएको आधारभूत स्वास्थ्य सेवा केन्द्र दुहबी ३ का प्रमुख प्रतिमा दहालले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि दुहबी शाखाका बन्दना रोनियारले रुवेला र दादुराका भाइरसले शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिने भएकाले खोप अभियानमा सबैलाई सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

आधारभूत स्वास्थ्य केन्द्र दुहबी ३ कि अनमी तथा भेक्सिनेटर सरिता यादवका अनुसार रोग कुनै पनि उमेरका मानिसलाई लागने र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने भएकाले यसपाली ६ महिनादेखी १५ वर्ष मुनीका उमेर समुहका बालबालिकालाई खोप लगाइने तयारीमा लागेको बताउनु भयो ।