दुहबीे नगरक्षेत्रमा स्वास्थ्यकर्मी सहितका टोली सर्च एण्ड डिस्ट्रोय कार्यक्रममा

श्रावण १५ गते । सुनसरीको दुहबी नगरपालिकाको नगरक्षेत्रमा स्वास्थ्यकर्मी सहितका टोलीले विभिन्न वार्डामा सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दुहबी नगरक्षेत्रमा स्वास्थ्यकर्मीको टोली, विभिन्न वार्डका जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सञ्चालन गरेको दुहबी नगरपालिका स्वास्थ्य साखाका प्रमुख बिन्देस्वर प्रसाद महतोले बताउनुभयो ।
डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणको लागि बजार क्षेत्रमा पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेनरहेको हेरी खोजतलास गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको महतोले जानकारी दिए ।

जिल्लाको बिभिन् स्थानीय तहमा तिब्र गतिमा डेंगुको संक्रमण फैलिरहेकोमा दुहबी नगरक्षेत्रमा समेत जोखिम रहेकोले चेतनामुलक कार्यक्रमसंगै डेंगु फैलाउने लामखुट्टे र त्यसको लार्भा मार्नको लागी प्रभावित क्षेत्रमा जनचेतनामुलक कार्यक्रमहरु निरन्तरता दिईने उनले बताए ।

यसै क्रममा आज सोमबार वार्ड न.३ आधारभूत स्वास्थ्य केन्द्र स्वास्थ्य व्यबस्थापन समितिका अध्यक्ष तथा वार्ड न. ३ का वार्ड अध्यक्ष माधब भण्डारीको अध्यक्षतामा आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्वास्थ्य शाखा, स्थानीय सहितका टोलीले सचेतनामुलक कार्यक्रमसंगै डेंगु फैलाउने लामखुट्टे र त्यसको लार्भा मार्नको लागी वार्ड क्षेत्रमा जनचेतनामुलक कार्यक्रम संचालन गरिएको वार्ड न.३ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख प्रतिमा दाहालले जानकारी दिनुभयो ।

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाईरसबाट संक्रमित लामखुट्टेको टोकाईले यो रोग सर्छ ।