धरान उपमहानगरपालिकामा डेंगीको संक्रमणबाट मृत्यु हुनेको संख्या ७

साउन १० गते । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगिसकेको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार जेठ २३ गते धरान–१७ घर भएकी ३० वर्षीय महिला रहेकी छिन भने असार १५ गते धरान–११ घर भएकी ४० वर्षकी महिलाको मृत्यु भएको थियो ।  साउन २ गते धरान–११ घर भएको ७९ वर्षका वृद्धका सोही दिन धरान–१८ घर भएका ८४ वर्षीय वृद्धको मृत्यु भएको थियो भने साउन ३ गते धरान–५ घर भएकी ५३ वर्षीय विष्णुमाया कालिकोटको डेङगुको कारण मृत्यु भएको थियो ।

साउन ७ गते धरान–१० का ५६ वर्षका पुरुषको मृत्यु भएको छ । डेङगुका कारण ४ महिला र ३ पुरुष गरी जम्मा ७ जनाको मृत्यु भई सकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य साखा प्रमुख उमेश मेहताले बताए । धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार ३ हजार ५ सय ३२ जना डेङगु परीक्षण गर्न गएका मध्ये २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत रहेको छ ।

धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रनको लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपाय भयकाले जनप्रनिधिनि ,स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाई रहेको उपमहानगरपालिका स्वास्थ्य साखाले जानकारी दिएका छन् ।

धरान उपमहानगरपालिका स्वास्थ्य साखा प्रमुख उमेश मेहताका अनुसार धरानमा रहेका २४० वटै टोल विकास संस्थालाई परिचालन गरिएको टोल विकास संस्थालाई डेंगी नियन्त्रण अभियानमा परिचालन गरेको र विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेर शिक्षक, विद्यार्थी पनि परिचालन गर्ने, स्वास्थ्यकर्मी, जनप्रनिधिनि परिचालन गरेर सर्च एण्ड डिस्ट्रोए अभियान लिएर घरघरमा जाँदैछौं मेहताले बताए ।

डेंगी तीब्र गतिमा फैलिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगुको छुट्टै १ सय ५० जनासम्म अट्ने गरी उपचारको व्यवस्था गरिएको छ । पानी जमेका भाँडाहरु सफा गर्ने अभियान चलाउने, झुल प्रयोग गर्नेलगायतका सचेतना कार्यक्रम भइरहेको उनले बताए ।