६ महिनाअघि जवर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

कार्तिक १० गते । सुनसरीको दुहबी नगरपालिकामा एक महिलालाई ६ महिनाअघि जवर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहवी ३ का सुमननारायण चौधरी रहेको सुनसरीका प्रहरी नायव उपरीक्ष राजकुमार राईले जानकारी दिनुभयो ।
चौधरीलाई इनरुवा ३ स्थित मालपोत कार्यालय नजिकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चौधरीले आफ्नै कोठा भाडा लिएर बस्दै आएकी २५ वर्षीया महिला माथि जवर्जस्ती करणी गरेको आरोप छ ।

चौधरीलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो । मुद्दा दर्ता भएको केही दिनमा नै जिल्ला अदालत सुनसरीले चौधरीलाई पक्राउ गर्न आदेश पनि दिएको थियो । पक्राउ गर्न पटक पटक प्रयास गरेपनि चौधरी लुकीछिपि बस्दै आएका थिए ।
महिला माथि २०७८ मंसिर ७ गते राति छोराछोरीसँग सुतिरहेको बेला घरबेटी चौधरीले जवर्जस्ती करणी गरेको पीडितको अरोप रहेको छ ।
चौधरीले मादकपदार्थ सेवन गरी जवर्जस्ती करणी गरेको पीडितको आरोप छ । रातको समयमा श्रीमान खनार स्थित रिलायन्स उद्योगमा ड्युटी गएको बेला घरबेटी चौधरीले करणी गरेको पीडितको भनाई रहेको छ ।