प्रहरी निरीक्षक बुद्धिराम चौलागाई र प्रहरी जवान आयुष राई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

श्रावण ०४ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी निरीक्षक बुद्धिराम चौलागाई र प्रहरी जवान आयुष राईलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरेको छ ।
विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै असार महिनामा विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको, मिति २०८०।०३।०६ गते जिल्ला सुनसरी दुहवी नगरपालिका- ५ स्थितमा विशेष सूचनाको आधारमा भारतीय नागरिकहरु दिपेश यादव र अभिषेक यादवलाई ९ के.जी. गाँजा सहित पक्राउ गरेको, प्रहरी हिरासतमा मानव मस्तिष्क सहितको पुस्तकालयको स्थापना गर्नुका साथै विभिन्न मितिमा भन्सार छलि ल्याएको अवैध सामानहरु भन्सार कार्यालयमा बुझाएको र मिती २०८०।०३।०४ गते जिल्ला खोटाङ रावा बेसी गाउँपालिका वडा नं. ४ स्थित रावा खोलामा आएको बर्षातको बाढीमा रावा खोलाको वीचमा फसेका २ जना वर्ष २७ को युवराज रोक्का र बर्ष १६ को मदन मगरलाई आफ्नो ज्यान समेत जोखिममा राखी उद्दार गर्नुका साथै विभिन्न समयमा वाढी पहिरोको कारण रोकिएका सवारी साधनहरुलाई स्थानीय निकायहरुसँग सहकार्य गरी सवारी साधन खुलाएको र आम नागरिकमा प्रहरीको छवि उच्च राख्दै त्रुटी रहित तवरबाट कर्तव्यपथमा तल्लीन रही आफुलाई दिईएको जिम्मेवारी तथा दायित्व उच्च मनोवलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इलाका प्रहरी कार्यालय दुहवी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक बुद्धिराम चौलागाई र प्रहरी चौकी हरमटार, खोटाङमा कार्यरत प्रहरी जवान आयुष राईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८० साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रत्येक महिना प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनौट गरी पुरस्कृत गर्दै आईरहेको छ ।